Tuesday, October 22, 2024

एसिया प्यासिफिकको डीनर बहिस्कार गर्ने (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनीको घोषणा

Share

मंसिर १४, काठमाडौँ – एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलन र सोही अवसरमा आयोजित ‘डीनर’ बहिस्कार गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष लोहनीले उक्त कार्यक्रम अर्थहिन भएको भन्दै आफ्नो पार्टी उक्त कार्यक्रममा सहभागी नहुने प्रस्ट पार्दै ‘डीनर’ समेत बहिस्कार गर्ने जनाएका हुन् ।

डा. लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारिकरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० र दम्पतिलाइ चर्चका गुरुबाट आशिर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार सङ्लग्न हुनु दुर्भाग्य हो ।’

त्यस्तै उनले नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठुलावडाका दम्पतिले आर्शिवाद लिने काममा सिमित रहेको बताएका छन् ।

डा. लोहनीले युनिफिकेसन चर्चको बजारिकरणमा नेपाल सरकारले दुई करोड खर्च गरि हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहिन भएको पनि बताएका छन् ।

Read more

Local News