मंसिर १४, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान काठमाडौको अन्नपूर्ण होटलमा प्रधानमन्त्री ओली र सुकीबीच भेटबार्ता भएको हो ।
प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय आपसी हितका बारेमा कुराकानी भएको छ ।
यसैवीच आजै काउन्सिलर सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सुकी हाल नेपालको औपचारिक भ्रमणमा रहेकी छन् ।
भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार काठमाडौँ आइपुगेकी हुन् ।