मंसिर १७, काठमाडौँ – वेष्ट लण्डन डर्बी अर्थात टोटनह्याम र आर्सनलबिचको खेल निकै तनावपूर्ण बन्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनल ४–२ ले विजयी भयो । यो खेलमा समग्रमा ६ गोल भयो, त्यसमा दुईवटा पेनाल्टी ।
तनावपूर्ण बनेको खेलमा सातवटा पहेँलो कार्ड प्रयोग भयो र एउटा रेड कार्ड । मैदानमा तनाव त थियो नै समर्थकले पनि आफ्नो नियन्त्रण गुमाए । टोटनह्यामका एक समर्थकले खेलाडीलाई लक्षित गरेर मैदानमा केराको बोक्रा फाले ।
उनले आर्सनलका खेलाडीलाई लक्षित गरेर आफूले खाएको केराको बोक्रा खेल भइरहेका बेला मैदानमा फालेका हुन् । केराको बोक्रा फालेको आरोपमा ती टोटनह्याम समर्थक पक्राउ परेका छन् ।
१० औँ मिनेटमा पिएर एमरिकले गोल गोल गरेपछि टोटनह्यामका फ्यानले केराको बोक्रा फालेका हुन् । टोटनह्यामले ती समर्थकमाथि रंगशाला आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।