Sunday, October 27, 2024

कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम सुरु

Share

मंसिर १७, सुर्खेत – कर्णाली प्रदेश सरकारले पत्रकारहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको कार्यस्थलमा हुने दुर्घटना जोखिम न्यूनिकरण र पत्रकारिता पेशामा  दिगोपना ल्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका हो । यसका लागि प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर कार्यक्रम सुरु गरेको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशन गरेर पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा मार्फत बीमा कार्यक्रममा आवद्ध हुन अनुरोध गरिएको छ । पत्रकारले बिरामी भएमा घाइते भएमा पूर्र्णरुपमा अपाङगता भएमा र मृत्यु भएमा बीमाको सुविधा पाउने गरी पाँच लाखसम्मको स्वास्थ्य बीमा गरिएको छ ।

यस्तै पत्रकारको कुनै कारण बस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाखसम्मको बीमा सुविधा पाउने छन् । ‘पत्रकारहरुको सुरक्षाका लागि हामीले प्रदेश सरकारको तर्फबाट स्वास्थ्य विमा कार्यक्रम ल्याएका हौँ’, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भन्नुभयो, ‘यसले पत्रकारहरुको भइपरी आउने समस्या समधानमा र सुरक्षामा सहयोग पुग्ने छ ।’

मंगलबारदेखि १५ दिनभित्र सम्पूर्ण पत्रकारहरुलाई दरखास्त दिन आग्रह गरिएको छ ।

Read more

Local News