Tuesday, October 22, 2024

स्थायी राजधानीको टुङ्गो मतदानबाटै लगाइने : प्रदेश नं.३

Share

मंसिर १८, हेटौँडा – प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।

उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।”

यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्ग्र्ेस महासमिति बैठक र नेवारी समुदायको चार्ड परेकाले बैठक बस्ने सम्भावना न्यून छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडा सहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ । प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन ।
रासस

Read more

Local News