Tuesday, September 10, 2024

भावी प्रधानन्यायाधीशको नाममा अझै सहमति जुटेन

Share

मंसिर १८, काठमाडौँ – भावी प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्याय परिषदले सिफारिस गरेको दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाममा सहमति जुट्न नसकेको हो ।

प्रधानन्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाममा सहमति जुट्न नसकेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १५ गतेदेखि सकिँदैछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहकोले समय अभाव देखाउँदै सभापति शेरबहादुर देउवा सुरुमै निस्किएका थिए । सोमबारको बैठकले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुका साथै वित्त आयोग लगायतका अन्य संवैधानिक आयोगको रिक्त पदमा नाम सिफारिस गर्ने कार्यक्रम रहेको थियो । संवैधानिक परिषदको अर्को बैठक २२ गते बस्ने गरी सकिएको छ ।
नयाँ पत्रिकाबाट

Read more

Local News