मंसिर १८, काठमाडौँ – नर्वे तथा लियानकी स्ट्राइकर एडा हेगेबर्ग महिला बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बनेकी छन् ।
यसअघि वर्षका उत्कृष्ट पुरुष फुटबलरलाई मात्रै बालोन डी’आर प्रदान गर्दै आएकोमा फ्रेन्च फुटबल म्यागजिनले यो वर्षदेखि महिला बालोन डी’आरको पनि सुरुवात गरेको हो ।
सुरुको वर्षमा २३ वर्षकी नर्वेली खेलाडी एडाले अवार्ड जितेकी हुन् । उनले यो वर्षको महिला च्याम्पियन्स लिग फुटबलको फाइनलमा लियोनले वुल्भ्सबर्गलाई ४–१ ले हराउने क्रममा गोल गरेकी थिइन् ।
वुल्भ्सबर्ग तथा डेनमार्ककी स्ट्राइकर पेर्निली हार्डर दोस्रो तथा जर्मनीकी मिडफिल्डर डिज्सेनिफर मारोज्सान तेस्रो भइन् ।