Sunday, October 27, 2024

तनहुँमा बिजुली चोर्ने २५ जनालाई कारबाही

Share

मंसिर १९, तनहुँ – नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुली चोरी गर्ने २५ जनालाई कारबाही गरेको छ । अनाधिकृत रूपमा  बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो ।

अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनीहरूलाई विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कार्वाही प्रक्रिया अघि बढाएको हो ।

कारबाहीको क्रममा उनीहरूबाट ७९ हजार ४ सय २१ रूपैया असुली भएको कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेहरूमा १८ जनाले एमसीबी वाइपास गरी प्रयोग गरेको, १ जनाले डाइरेक्ट हुकिङ गरेको र ५ जनाले मिटर वाइपास गरेको गोशलीले जानकारी दिनुभयो ।

Read more

Local News