Sunday, October 27, 2024

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर लगानीकर्ता आन्दोलित : आइतबारदेखि अनसन बस्ने तयारी

Share

मंसिर २०, काठमाडौँ –सेयर बजारका लगानीकर्ता सम्पत्तिको रक्षाका लागि अनसन बस्ने भएका छन् । सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गर्दै आगामी आइतबारदेखि अनसन बस्ने तयारी गरेका हुन् ।

‘अर्थमन्त्रीले विभिन्न समयमा सेयर बजार सम्बन्धी नकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । अर्थमन्त्रीलाई नकारात्मक अभिव्यक्ति नदिन आग्रह गरेका थियौं’, सेयर लगानीकर्ता दबाब समूहका एक सदस्यले भने, ‘उहाँलाई त्यसको कुनै प्रभाव परेन ।’ सेयर बजारका १५ लाख लगानीकर्ताको सम्पत्ति बचाउन रिले अनसनको तयारी भएको उनले बताए ।

पछिल्ला दिनमा सेयर बजार निरन्तर ओरालो लागेको छ । सेयरको मूल्य घट्दा लगानीकर्ताले अर्बौं घाटा सहनु परेको छ । बैंकको उच्च व्याजदर र अधिक सेयर आपूर्तीका कारण बजार घटिरहेको छ ।

बजारमा माग भन्दा आपूर्ति उच्च छ । अनलाइन ट्रेडिङ सिस्टम कार्यान्वयमा आएसँगै सेयरको माग बढ्नेमा लागनीकर्ता आस्वस्त थिए । तर अनलाइन ट्रेडिङ पनि प्रभावकारी हुन नसकेकाले लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ । यसले पनि बजार घट्न सहयोग गरिरहेको छ । सरकारी नीतिले शेयर बजार घट्न मद्दत पुगेकाले अर्थमन्त्रीको राजीनामा माग गरेको लगानीकर्ताको भनाइ छ ।
अन्नपूर्णबाट

Read more

Local News