Wednesday, February 12, 2025

म्यानचेस्टर युनाइटेड दुवै हाफमा पछि परेर पनि हारबाट जोगियो

Share

मंसिर २०, काठमाडौँ  – लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेड हारबाट जोखिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड उनाई एम्रीको टिम आर्सनलसँग २–२ को बराबरी गर्न सफल भएको हो ।

२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लियो, त्यो पनि उपहार गोलबाट । ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरे । तर त्यसको एक मिनेटपछि नै युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काए ।

बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ । पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । वुल्भ्ससँग २–१ ले पराजित भएको चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ ।

अरु खेलमा लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन् ।

Read more

Local News