Sunday, October 27, 2024

नेइमार बिहीन पिएसजी स्ट्रासबर्गसँग १–१ को बराबरीमा रोकियो

Share

मंसिर २०, काठमाडौँ  – लिगमा १४ खेल जितेपछि जितको यात्रामा ब्रेक लागेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजी स्ट्रासबर्गसँग १–१ को बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजी पहिलो हाफमा पछि परेको थियो । ४० औँ मिनेटमा पाएको पेनाल्टीमा लालाले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए ।

७१ औँ मिनेटमा पिएसजीले पेनाल्टी पायो, त्यसमा एडिन्सन काभानीले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए । स्ट्रासबर्गका खेलाडीले केलियन एमबाप्पेलाई फउल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो ।

यो खेलमा नेइमार मैदानमा थिएनन् । अघिल्लो खेलमा गोल गरेपछि चोटग्रस्त भएर मैदानबाट बाहिरिएका नेइमार यो खेलमा मैदान फर्किन सकेनन् ।

बराबरीपछि शीर्ष स्थानको पिएसजीको १६ खेलबाट ४४ अंक भएको छ । उ दोस्रो स्थानको लिले भन्दा १४ अंकले अघि छ ।

Read more

Local News