Sunday, October 27, 2024

स्थानीय तहमा लाखको एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई करोडका गाडी

Share

मंसिर २०, सुर्खेत – सबैखाले सेवा र सुविधा पु¥याउने कसम खाएर जनमत जिते स्थानीय तहका जनप्रतिनिधिले । यतिबेला जनताले दिएको भोट उनीहरूका लागि सुविधा भोग गर्ने साधन मात्र बनेको छ । जनताको सुविधाका लागि २० लाख रुपैयाँ खर्चेर एम्बुलेन्स किन्ने पैसा नहुने स्थानीय तहका प्रमुख र उपप्रमुख आधा करोड रुपैयाँ बढी रकम खर्चेर सुविधा सम्पन्न पजेरोमा हुइँकिन्छन् ।

अधिकांश स्थानीय तहमा एम्बुलेन्स छैन । तर कतिपय स्थानीय तह गाडीमाथि गाडी थप्ने योजनामा छन् । सुर्खेतका सबै स्थानीय तहले कार्यालयका लागि गाडी किनिसकेका छन् । नपुगेको भन्दै अर्को थप्न बजेट छुट्याइसके । तर तिनै स्थानीय तहका जनता भने एम्बुलेन्स नपाएर समयमै अस्पतालसमेत पुग्न सकेका छैनन् ।

पञ्चपुरी नगरपालिकाका प्रमुख र उपप्रमुख ४२ लाखको स्कार्पियो चढ्छन् । अझै एउटा गाडी थप्ने योजनामा छन् उनीहरू । गाडी अपुग भएको भन्दै अर्को गाडी खरिदका लागि सूचनासमेत निकालिसकेको छ, नगरपालिकाले । गाडी किन्न करिब ५० लाख रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख मुक्तिदेवी रेग्मी बताउँछिन् ।

‘नगरपालिकामा हामी नआउँदै प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा र बाबियाचौरमा एक–एक गरी दुईवटा एम्बुलेन्स थियो,’ उनले भनिन्, ‘अहिले ४२ लाखको एउटा स्कार्पियो प्रयोग गर्दै आएका छौ ।’ नगरपालिकामा गाडीबाहेक थुप्रै मोटरसाइकल समेत छन् ।

लाखौं रकम खर्चेर गाडी किन्ने प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको ध्यान जनताको स्वास्थ्य सेवामा पहुँच पु¥याउनेतर्फ भने जान सकेको छैन । कतिपय गाउँपालिका र नगरमा दुई–दुईवटा गाडी हुँदा पनि जनताका लागि चाहिने एम्बुलेन्स किन्ने कुनै योजना छैन ।
राजधानीबाट

Read more

Local News