Tuesday, October 22, 2024

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Share

मंसिर २०, काठमाडौँ  – भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका कुमार श्रेष्ठको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

बुधबार राति बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका– ४ का २३ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार २५ वर्षका राजकुमार श्रेष्ठको नागरिक अस्पताल भक्तपुरमा उपचार भैरहेको छ ।

Read more

Local News