Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Monday, May 26, 2025

एनसेलको लाभकर जसरी पनि उठाउन सरकारलाई लेखा समितिकोआग्रह

Share

मंसिर २२, काठमाडौँ – लेखा समितिको शुक्रबारको बैठकले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर जसरी पनि उठाउन सरकारलाई आग्रह गरेको छ । स्विडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीलाई बेचेको थियो । उक्त किनबेचमा नेपालले पूँजीगत लाभकर उठाउन सकेको छैन ।

वि.सं. ०७३ माघमा संसद्को सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई कर उठाउन निर्देशन दिएको थियो तर अहिलेसम्म एनसेल खरीद बिक्रीको पूँजीगत लाभकर उठ्न सकेको छैन । एनसेल खरीद बिक्रीमा टेलिया सोनेराले ६० अर्ब ७१ करोड तिर्न बाँकी रहेको बताइएको छ । अर्थमन्त्रालयका राजश्व सचिव ढुङ्गानाका अनुसार सोनेराले एनसेल मार्फत लैजान खोजेको लाभांश रकम रोक्का राखेर त्यसैबाट कर उठाउन प्रयत्न भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेश तथा कानूनी प्रक्रियाका कारण जटिल भएको समितिलाई जानकारी गराउनुभएको थियो ।
रासस

Read more

Local News