Wednesday, October 23, 2024

सिरहामा बम बिस्फोट, २ जना घाइते

Share

मंसिर २३, जनकपुर   सिरहामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आज बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो।

सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन्।

उनीहरुको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको बताइएको छ।

गाउँ नजिकै सिमावर्ती बलान खोलामा बिहान शौच गर्न गएका बेला बेवारिसे अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ।

Read more

Local News