Friday, January 24, 2025

इन्जुरी सयमको अन्तिम मिनेटमा भएको गोलले पराजित हुनबाट जोगायो

Share

मंसिर २५, काठमाडौँ –  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टन हारबाट जोगिएको छ । घरेलु मैदानमा भएको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा भएको गोलले एभर्टन वाट्फोर्डबाट पराजित हुनबाट जोगिएको हो ।

एभर्टन र वाट्फोर्डले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । १५५ औँ मिनेटमा रिचार्लिसनको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो । ६३ औँ मिनेटमा वाट्फोर्डले उपहार गोल पायो, एभर्टनका कोलेम्यानले आत्मघाति गोल गरे । त्यसको दुई मिनेटपछि एब्दुलाइयी डुकुरले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए ।

तर इन्जुरी समयको छैटौँ मिनेटमा लुकास डिग्नले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए । बराबरीपछि सातौँ स्थानको एभर्टनको १६ खेलबाट २४ तथा १२ औँ स्थानको वाट्फोर्डको २१ अंक भएको छ ।

Read more

Local News