Wednesday, October 23, 2024

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

Share

मंसिर २५, काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दैै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेको प्रवक्ता बोगटीले बताउनुभयो । पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Read more

Local News