मंसिर २७, काठमाडौँ – बलिउड अभिनेत्री जरीन खान चढेको कार गोवामा दुर्घटना भएको छ ।
उनी चढेको कारमा एक मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहको छ ।
कारसँग मोटरसाइकल ठोक्किएपछि चालकको टाउको डिवाइडरमा बजारिदा उनलाई गम्भीर चोट लागेको छ । अभिनेत्री खानलाई भने चोट नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।