जेठ १६ डोल्पा । डोल्पामा हिउँचिुताको आक्रमणबाट एक बालिका गम्भिर घाईते भएकी छिन । हिउँचितुवाको आक्रमणबाट घाइते हुनेमा शे–फोक्सुण्डो गाउँपालिका – १ सुम्धेरकि १० वर्षिया नाम्खाङसाङमु लामा रहेकी छिन् । च्याङ्ग्राको गोठालो गरिरहेका दुई आमाछोरीलाई मंगलबार राति च्याङ्ग्राको गोठमा सुतिरहेको अवस्थामा आक्रमण गर्दा छोरी घाईते भएकी थिईन ।
१० बर्षीया वालिका लामालाई हिउँचितुवाले गोठबाट लतारेर करिब २ सय मिटर टाढासम्म लिने क्रममा लामाको टाउकोमा गभ्मीर छोट लागेको हो । टाउकोमा गम्भिर चोटले घाइते भएकी लामाको स्थानीय सालदाङ स्वास्थ्यचौकीमा उपचार भइरहेको स्वास्थ्यचौकी इन्चार्ज निमा धार्के गुरुङले बताए ।
स्थानीय स्वास्थ्य चौकिमा उपचार भई रहेपनि उनको टाउकोमा धेरै चोट लागेको हुनाले थप उपचारको लागि शहर लैजनुपर्ने अबस्था रहेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्षले पेमावाङ्छेन गुरुङ्ले बताए । उपाध्यक्ष गुरुङ्गका अनुसार हिउँचितुवाले टाउकोमा कोतारेर धेरै चोट लागेको छ समयमा राम्रो ठाँउमा उपचार गरे वालिकाको स्वास्थ्यमा थप जटिलता आउनेछैन ।
पछिल्लो समय डोल्पामा हिउँ चितुवा संख्या बढ्दै गइरहेको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ भनिने हिउँचितुवाले पशुचौपाय मारेमा क्षतिपुर्ति दिने गरेको छ । डोल्पामा हिउँचितुवाले मानिसलाई नै आक्रमण गरेको भने यो पहिलो घटना हो । बिश्वकै सबै भन्दा बढि घनत्वमा हिउँचितुवा डोल्पामा पाईन्छ ।