पुर्ण कुमार/ त्रिपुरासंचार
डोल्पा,जेठ १७
हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ७ ले २ सय ९७ घरधुरीलाई सोलार वितरण गरेको छ।
डोल्पाका स्थायी उज्यालोको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा विद्यालयका बालबालिका, वृद्व अवस्थाका परिवारलाई सहज होस् भनेर सौर्य ऊर्जा सोलार सेट वितरण गरिएको हो।
ठुलीभेरीले आब ०७९/८० विनियोजित गरेको १२ लाख र ८०/८१ मा विनियोजित गरेको १० लाख, कर्णाली प्रदेश सरकारको १५ लाख , मेयर सग जनता कार्यक्रमको ३ लाख गरेर कुल ४० लाख लागतमा टेण्डर मार्फत वडा वासिलाई सोलार सेट वितरण गरिएको ठूलीभेरी ७ का वडा अधक्ष्य ध्रुव विक्रम शाहीले जानकारी दिए।
वडा अध्यक्ष शाहीका अनुसार १०० वाटको सोलार, ६० वाटको ब्याट्रि र ६ वटा बल्ब सहित तार सेट गरेर प्रति सेट १६ हजार ५ सय परेको छ। डोल्पाका नागरिक अझै पनि भरपर्दो उज्यालोको अभावमा दियालो बालेर रात कटाउन बाध्य वडाबासीलाई राहत सोलार वितरणले राहत पुगेको छ ।
निःशुल्क रूपमा घर आँगनमै सोलार पाएपछि जुफाल बासीले वडा अध्यक्ष शाही र नगर प्रमुख सुवर्ण बुढालाई खुसी व्यक्त गर्दै धन्यबाद व्यक्त समेत गरेका छन्।