Tuesday, October 22, 2024

डाेल्पाको पर्यटकीय प्राश्व चित्र निर्माण तथा फाेहाेरमैला व्यवस्थापन रणनीति सम्बन्धी अध्ययन परामर्श बैठक सम्पन्न

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ २३

हिमाली जिल्ला डाेल्पामा जिल्लाको पर्यटकीय प्राश्व चित्र निर्माण तथा फोहोर मैला व्यवस्थापन रणनीति सम्बन्धी अध्ययन परामर्श बैठक सम्पन्न भएको छ।

 

बुधबार विश्व वातावरण दिवस २०२४ काे अवसर पारेर शे फाेक्सुण्डाे पर्यटन समन्वय समिति डाेल्पाकाे आयाेजना तथा शेफाेक्सुण्डाे राष्ट्रिय निकुञ्जकाे कार्यालय सुलिगाड र बिश्व वन्यजन्तु काेष नेपालकाे सहयाेगमा दुनैमा भएकाे जिल्लास्तरीय पर्यटकीय पाश्वचित्र र फाेहाेर मैला ब्यवस्थापन रणनीतिक याेजना तयारी पुर्व गरिएकाे अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन ।कार्यक्रममा जिल्लास्थित पर्यटकीय सम्पदाहरुकाे संरक्षण सम्बर्द्धन र प्रवर्द्धन लगायत फाेहाेर ब्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने लगायत जिल्लास्थित पर्यटकीय सम्पदाकाे समग्र रुपमा समेटिएको पाश्वचित्र र फाेहाेर ब्यवस्थापनकाे रणनीतिक याेजना निर्माणका सम्बन्धमा अनुभव आदानप्रदान गरिएकाे थियाे ।

 

 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जिल्लाकाे पर्यटन प्रबर्द्धनकाे क्षेत्रमा काम नभएकाे पाइएकाे अवस्थामा शे फाेक्सुण्डाे पर्यटन समन्वय समितिले गरेकाे कार्यक्रम निकै महत्त्वपूर्ण हुने बताए ।

 

पर्यटकीय सम्पदाकाे विस्तृत जानकारी दिने उद्देश्यले निर्माणकाे क्रममा रहेकाे पाश्वचित्रमा धेरै महत्वपूर्ण कुरा समेटीएकाे भएपनि अतिमहत्वपुर्ण कुराहरु सम्पदाहरुकाे ऐतिहासिक पृष्ठभूमिलाई दर्शाउने गरि जिल्लाका स्थानीय सरकारसंग समन्वय गरि स्थलगत रुपमा सत्य तथ्य तथ्यांक लिएर पाश्वचित्रमा समेट्न सुझाए ।

 

पाश्वचित्र निर्माण र फाेहाेर मैला ब्यवस्थापनकाे रणनीतिक याेजना निर्माणकाे जिम्मेवारी पाएकी कन्सल्टेन्सीकाे तर्फवाट गाैरीमालाकारले जिल्लाका विभ्यमान प्राकृतिक सम्पदाकाे अवस्था संरक्षण सम्बर्द्धन र प्रवर्द्धन लगायत फाेहाेर ब्यवस्थापनमा देखिएकाे चुनाैति र समाधानका बारेमा प्रकाश पारेकी थिइन ।

 

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिश्ववाबु श्रेष्ठले जिल्लाका पर्यटकीय महत्वका सम्पदा सहितका गन्तव्य पत्ता लगाउनु जरुरी रहेकाे उल्लेख गर्दै यिनिहरुकाे सहि ब्यवस्थापन सदुपयोग र पहिचानमा ध्यान दिनु पर्नेमा जाेड दिए ।

 

शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज क्षेत्रमा रहेका पर्यटकीय पदमार्गलाई बर्षनी मर्मत सम्भार गर्दै आइरहेपनि सार्थकता पाउन नसकेकाे उल्लेख गर्दै स्थानीय सरकार बुद्धिजीवी लगनयत सम्बद्ध सबै निकायकाे सकरात्मक सहयाेग र चासाे हुनु पर्ने प्रमुख संरक्षण अधिकृत श्रेष्ठकाे भनाई थियाे ।

 

बिश्व वन्यजन्तु काेष नेपाल डाेल्पाका कार्यक्रम संयाेजक चन्द्रजङग हमालले नेपालमै सबैभन्दा बढि हिउँ चितुवा पाइने स्थान र प्राकृतिक धार्मिक ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाकाे प्रसस्त सम्भावना भएरपनि यहाका नागरिकले फाइदा लिन नसकेकाे बताए ।

 

विदेशी पर्यटकलाई डाेल्पाका केही पर्यटकीय स्थलहरुमा घुम्नकाे लागि महंग प्रवेश शुल्क रहेकाले यसमा हेरफेर गरि समयानुकूल बनाई डाेल्पा घुम्न आउने पर्यटकले स्थानीयस्तरमा उत्पादन भएकाे दैनिक उपभाेग्यबस्तुकाे प्रयाेग गर्ने बाताबरण बनाउन सके मात्र स्थानीयले पर्यटकबाट भरपुर आर्थिक लाभ लिन सक्ने हमालकाे भनाई थियाे ।

 

कार्यक्रममा पर्यटन समन्वय समितिका अध्यक्ष नाेर्वु लामा उपाध्यक्ष चांद हमालले समितिले पर्यटन विकास र बाताबरण संरक्षणकाे क्षेत्रमा गरिरहेकाे काम र भावि कार्यहरुकाे बारेमा सहभागिलाई प्रकाश पार्नुका साथै सबै सराेकवालाहरुकाे सकारात्मक र रचनात्मक सहयाेग र सहकार्यकाे खांचाे रहेकाे बताए ।

 

जिल्लाकाे दिगो पर्यटनकाे विकास र फाेहाेर मैला ब्यवस्थापनमा जनचेतनामूलक शिक्षा संचालन र अपनत्वकाे भावना जागृत गर्नमा समुदायमुखि कार्यक्रम समेट्नुका साथै पछिल्लाे समयमा पत्ता लागेका तालतलैयाहरुलाई समेत बन्न लागेकाे पाश्वचित्रमा समेटनु पर्नेमा नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढाले जाेड दिए ।

कार्यक्रममा विभिन्न ब्यवसायमा आबद्ध ब्यक्ति समूह पदाधिकारी कार्यालय प्रमुख लगायत संचारकर्मीकाे बाग्लाे सहभागिता रहेकाे थियाे ।

Read more

Local News