Tuesday, October 22, 2024

त्रिपुरासुन्दरीको मुहूमा मध्य राति एउटा घर जलेर नष्ट, मानवीय क्षति भएन !

Share

पुर्ण कुमार/ त्रिपुरासंचार 

डोल्पा, जेठ २४

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एउटा घर जलेर नष्ट भएको छ।

बुधबार मध्य राति ११ बजे तिर त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मुहू स्थित अनिल डसाल को २ तलाको घर जलेर नष्ट भएको वडा अध्यक्ष चन्द्ररूप डसालले जानकारी दिए।

अध्यक्ष डसालका अनुसार रातिको ११ बजे तिर घर जलिरहेको अवस्थामा नजिकैको छिमेकीले देखेपछि गाउँका स्थानीयलाई खबर गरेका थिए। सबै गाउँका बासिन्दा सुतिरहेको अवस्थामा आगो लागेको जानकारी पश्चात घरमा लागेको आगो निभाउन पुरै गाउँका स्थानीय उत्रेका थिए।

स्थानीयले घर भित्र सुतिरहेका डसालका परिवारलाई समयमै भगाएसगै आगोलागीमा मानवीय क्षति भने हुन सकेन । करिब तीन घण्टाको अन्तराल पछि पानी परेका कारण स्थानीय आगो निभाउन सफल भएका थिए।

आगोलागीको कारण विद्युत तार शर्ट भएर हुन सक्ने अनुमान गरिएको छ यद्यपि कारण भने पत्ता लागेको छैन।

आगोलागिको घटनाको विषयमा लिकु प्रहरी चौकीलाई खबर गरेको र प्रहरीको टोली पुगे सगै क्षतिको विवरण र कारण थाहा हुने अध्यक्ष डसालको भनाइ छ।

अध्यक्ष डसालले विपद्को समयमा छिमेकीलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने सबै स्थानीयलाई धन्यबाद समेत व्यक्त गरेका छन्।

Read more

Local News