Tuesday, October 22, 2024

ठुलीभेरीको पारङ्गमा जिप दुर्घटना : जिपमा सवार ३ जना सामान्य घाइते 

Share

पुर्ण कुमार/ त्रिपुरासञ्चार 

जेठ ३० , डोल्पा 

हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो ४ बजे तिर सदरमुकाम दुनै देखि जुफाल जाँदै गरेको लु १ ज ४१४९ नं को जिप ठुलीभेरी नगरपालिका ०९ को पारंग स्थित सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकरी दिएको छ।

जिपमा ६ जना यात्रु सवार थिए जस मध्य ३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी कमल क्षत्रीले जानकरी दिए।

घाइते हुनेमा ठुली भेरी ९ की १३ वर्षीय सरस्वती परियार, त्रिपुरासुन्दरी ०१ की उर्मिला रिजाल देवकोटा र उनकी १ वर्षीय छोरी तिलक्सी देवकोटा रहेकी छन्।

घाइते तिनै जनालाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा लगिएको बताइएको छ।

जिप चालक जाजरकोट जिल्लाको नलगाड नगरपालिका ११ का विजय बानियालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय डोल्पा लगिएको सूचना अधिकारी क्षत्रीले जानकारी दिए

का छन्

Read more

Local News