9.5 C
Alba Iulia
Tuesday, October 20, 2020
No menu items!

नेपालका निकै लोकप्रिय २० धार्मिक स्थलहरु,के तपाई पुग्नु भएको छ ? जान्नुहोस ति धार्मिक स्थल कहाँ कहाँ छन् ।

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

नेपाल कत्तिको घुम्न भएको छ त? यिनी हुन नेपालको २० प्रसिद्द धार्मिक तिर्थस्थलहरु
१. मुक्तीनाथ

मुक्तीनाथ मुस्ताङ जिल्लामा पर्दछ। ३,७१० मिटरको उचाइमा र थोरोङला पास को सतहमा रहेको यो पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरु छन् जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वाश जन्मानसमा छ। बडा दसैंं र चैत्र दसैंंमा मेला लाग्ने गर्छ। मन्दिरको ठीक अगाडि दुई वटा पोखरी (कुन्ड)छन्। एकतर्फी धर्म कुन्ड र अर्कोतर्फी पाप कुन्ड छ। यहाँ अन्य मन्दिरहरु आसपासमा रहेको छ।

२. बारहाक्षेत्र

यो मोरङ बाट भोजपुर जाने बाटोमा कोशी नदी र कोकाह नदिको दोभानमा पर्दछ। यहाँ भगवान बाराहको प्रसिद मन्दिर छ। कार्तिक शुक्ल पुर्णिमामा ठुलो मेला लाग्ने यो मन्दिरलाई हिन्दूहरूका ब्रह्मपुराण, हिमवत्खण्ड पुराण, वराहपुराण, पद्मपुराण, श्रीमद्भागवतपुराण र अन्य पुराणहरूले चर्चा गरेका छन्। वराहक्षेत्रवरपर आदिवराहस्थान, सूर्यकुण्ड, चन्द्रकुण्ड, कुब्जाम्र, कोटिवट, धेनुवट, विष्णुपादुका र लोहार्गल लगायतका करिब तीन दर्जनजति उपतीर्थहरू रहेको उल्लेख विभिन्न पौराणिक ग्रन्थहरूमा पाइन्छ ।

३. मनकामना

मनकामना मन्दिर निक्कै प्रचलित मन्दिर हो र यो गोर्खा जिल्लामा पर्दछ। यो १३००-मीटर उचाइमा पर्ने पहाडी क्षेत्रमा पर्छ । भगवती र पार्वतीको अबतार भनिन्छ मानिने यो मन्दिरमा आएर आफ्नो जे इच्छा छ त्यो देवीको अगाडि माग्यो भने पुरा हुन्छ भन्ने ठुलो विश्वाश छ ।

४. गोसाइँकुण्ड

गोसाइँकुण्ड रसुवा जिल्लामा पर्ने कुन्ड हो। हिन्दु पौराणिक ग्रन्थका अनुसार यो कुन्ड शिव र गौरी को बासोस्थानका रूपमा रहेको भन्छन्। हिन्दू धर्मशास्त्रका अनुसार भागवत पुराण, विष्णु पुराण र रामायण महाभारतमा उल्लेख गरिएको समुद्र मन्थन गोसाइँकुण्डसँग सिधै सम्बन्धित रहेको भनिन्छ । जनै पुर्णिमा र गंगा दशहराको (भारतीय पर्व) समयमा यहाँ थुप्रो भिड लाग्ने गर्छ। नेपाल र भारतदेखि हजारौं तीर्थयात्रीहरू यो क्षेत्रमा भ्रमण गर्नेगर्छन्। महादेवको त्रिशूलको प्रहार बाट यो कुन्डको श्रीजना भएको जनमानसमा ठुलो विश्वाश छ ।

५. पशुपतीनाथ

काठमाडौंमा अवस्थित बागमतीको किनरामा रहेको यो मन्दिर एक हिन्दूहरुको प्रसिद्द र पवित्र शिव मन्दिर हो । हरिशयनी, हरिबोधनी एकादशी र महाशिवरात्रीमा ठूलै मेला लाग्ने गर्दछ । अरु दिनमा पनि दिनहु र प्राय: जसो सोमबार यहाँ हजारौं तिर्थालूहरु यहाँ पूजा अर्चन गर्न आउन्छन् ।

६. दोलखा भिमसेन

दोलखा जिल्लाको निक्कै प्रसिद्द ठुलो मन्दिर हो। यसलाई भिमेश्वर भनिन्छ।
यो मन्दिरमा मुख्य मूर्ति भगवान भिमको रहेको छ । यो मन्दिरको बिशेषता भनेको तीन समयमा तीन अलग अलग देवताहरुको रूप हुने गरेको विश्वाश गर्छन्। बिहान भीमेश्वर, दिनमा महादेव र साँझ मा नारायण ।

७. कृष्ण मन्दिर

कृष्ण मन्दिर पाटन जिल्लामा पर्ने मन्दिर हो र बास्तुकला र धार्मिक भवनाको लागि निक्कै प्रसिद्द छ। कृष्ण जन्माष्टमीको दिन मा भक्तजनहरुको निक्कै ठुलो घुइंचो लाग्ने गर्छ।

८. स्वयम्भु

काठमाडौंको पश्चिममा एक पहाडको टुप्पोमा रहेको प्रसिद्द बौद्ध मन्दिर (चैत्य) हो। स्वयम्भु पुराण अनुसार सयौ बर्ष पहिले काठमाडौं उपत्यका एउटा ठूलो तालको रुपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो। बोधिसत्त्व मञ्जुश्रीले यस्तो अदभुत दृश्य देखेर र उपत्यका मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाएको भनेर जनमानसमा विश्वास रहेको छ । बैशाख पूर्णिमाको दिन बुद्ध जयन्तीमा यहाँ धेरै घुइंचो लाग्ने गर्छ ।

९. रिडी

यहाँ ऋषिकेशको मन्दिर छ । यो नेपालको उत्तर-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै अवस्थित ऐतिहासिक एवं धार्मिक मन्दिर हो । माघ महिनाको पहिलो दिन (माघे संक्रान्ति) धेरै नै घुइँचो लग्ने गर्छ।

१०. जानकी मन्दिर

जनकपुरमा अवस्थित प्रसिद जानकी देवीको मन्दिर एउटा पवित्र हिन्दू धर्मस्थल हो। देवी सीताको यो मन्दिर उनको जन्मस्थल मुगल शैलीमा बनाइएको छ। रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुलाको अवसरमा मात्रै नभैकन प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजनको घुइँचो लाग्छन् ।

११. राम मन्दिर

जानकी मन्दिरसङै रहेको राम मन्दिर चैत्र शुक्ल नवमीको दिन राम नवमीको रुपमा भक्तजनको द्वारा श्रद्दाअर्पण गरिन्छ र यो दिनमा ठुलो घुइँचो लाग्छ ।

१२. हलेसी महादेव

सगरमाथा अञ्चल खोटाङ जिल्लामा पर्ने हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो। यो समुद्री सतहदेखि ४,७३६ फिटको उचाइमा रहेको छ । प्राकृतिक भू-बनोटबाट निर्माण भएको यो गुफाको संरचना विश्वमै अनौठो मानिन्छ। हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।

१३. बूढानीलकण्ठ

काठमाडौं उपत्यकादेखि उत्तरतर्फ रहेको प्रसिद्ध तीर्थस्थल हो। काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाडाको काखमा भगवान् बूढानीलकण्ठको मूर्ति निकै पुरानो हो । यो कुन समयमा बनेको र कसले बनाएका हुन् सो कुरा कतै लेखेको पनि छैन र कसैलाई ज्ञातपनि छैन। किंवदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औँलामा चोट लाग्न गई रगत समेत देखिएकाले पछि सो स्थानमा उत्खनन गरी हेर्दा उक्त विशाल मूर्ति भेटिएको हो। अर्को पौराणिक तथ्य अनुसार भगवानको मुर्ति सातौं शताब्दीमा लिच्छवि राजा भीमार्जुन देवको शासनकालमा विष्णु गुप्ताको कार्यकालमा काठमाडौंको अहिलेको स्थान मा ल्यएको भनेर भनिन्छ। तर यसो ठोस् प्रमाण भने छैन।

१४. लुम्बिनी

नेपालको कपिल्बस्तु जिल्लामा रहेको भगवान गौतम बुद्धको जन्मस्थान हो। यहाँ असोक स्तम्भ, बिभिन्न धर्मिक पोखरीहरु, र मठहरु अवस्थित छन् र मायादेवी मन्दिरको पनि अवस्थित छ। यहाँ एउटा पोखरी पनि छ जहाँ मायादेवीले सिदार्थ गौतमलाई जन्म दिएपछी स्नान गरेकी थिइन् र गौतम बुद्ध लाई पनि स्नान गरएकी थिइन् ।

१५. दक्षिण दक्षिणकाली

यो मन्दिर काठमाडौंको बाट २२ किलोमिटर पर फर्पिङभन्दा १ किलोमिटर माथि पर्छ। यो एउटा शक्तिशाली देवी काली को मन्दिर हो। विशेष गरेर शनिवार र मंगलबारका दिन यस मन्दिरमा भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ। मन्दिरमा पशुपंक्षिहरुको बली चढाउने प्रथा छ। पुरातात्विक हिसाबले यस मन्दिरले धेरै महत्व राखेको छ।

१६. देवीघाट

त्रिसुली र सुर्यमतीको दोभानमा देवी भैरवीको मन्दिर छ। यहाँ बैशाखमा ठुलो मेला लाग्छ। नुवाकोटको देवीको प्रतिमा यही ठाउँमा ल्याएर राखिन्छ।

१७. स्वर्गद्वारी

यो मन्दिर नेपालको प्युठान जिल्लामा पर्ने सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित छ। यो नेपालको महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलमा गनिन्छ । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरूमध्ये हो ।पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ।

१८. सिद्धार्थ पोखरी

लुम्बिनीमा पर्ने मायादेवीको मन्दिरको दक्षिणतिर पर्ने यो पोखरी मा मायादेवी ले सिद्दार्थ जन्मनु भन्दा अगाडि यही पोखरीमा स्नन गरेकी थिइन् र सिद्दार्थ जन्मेपछी उनलाई पनि यही पोखरिमा स्नान गराएकी थिइन्। यही भएर यो पोखरीको नाम सिद्धार्थ पोखरीबाट चिनिन्छ ।

१९. रेसुङा
यो सार्है पुरानो धर्मको थलो हो । यो गुल्मी जिल्लामा पर्छ । यो रेसुङा नामक पहाडको टुप्पोमै छ । स्रिङ्ग ॠषिले तपस्या गरेको हो थियो र उनको मुर्ति पनि यही छ ।

२०.बालात्रिपुरा सुन्दरि

डाेल्पा  जिल्लामा रहेकाे बालात्रिपुरा सुन्दरिकाे मन्दिर निकै पुरानाे र प्रसिद् धार्मिक स्थल हाे । स्वदेश देखि विदेशसम्मबाट पनि याे मन्दिरमा तिर्थालुहरू अाउँने गर्छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...