Wednesday, October 23, 2024

सामाजिक एकता धार्मिक सहिष्र्णुताको प्रतिकको रुपमा डोल्पालीले मनाए भदौ पुर्णिमा पर्ब

Share

बिष्णुप्रसाद देबकोटा
डोल्पा । ९ असोज
सामाजिक एकता धार्मिक सहिष्र्णुता र आत्मीय सदभावको प्रतिकको रुपमा मनाइने भदौ पुर्णिमा पर्ब हिमाली जिल्ला डोल्पामा मनाइएको छ ।

नेपालीहरुको महान चाड बिजयादशमी पुर्ब मनाइदै आएको भदौ पुर्णिमा पर्बलाई डोल्पालीले बिशेष पर्बको रुपमा मनाउने गर्छन ।
डोल्पाको ठुलीभेरी नगरपालिका वार्ड ७ जुफालमा पर्ने बिडि र मण्डब मन्दिरमा भदौ पुर्णिमाको दिनमा बिशेष मेला लाग्ने गर्छ ।
भदौ चर्तुदशीको दिनमा बिडि मन्दिरमा जुफाल गाउँका प्रत्येक घरधुरीका मानिसहरु र धामीझाक्रीहरु रातभर जाग्राम गरेर मन्मा देबताको प्रार्थना गर्ने र भाकल गरेर बरदान माग्ने प्रचलन रहेको छ ।
रातभरको जाग्राम पछि पुणर््िामाको दिनमा बिडि मन्दिरमा बिशेष पुजाआजा र बोका सहितको भाकल गरेपछि लावालस्कर काम्दै गरेका एक दर्जन धामीझाक्री सहित ठुलो संख्यामा दर्शनार्थीहरु समेत मण्डव भन्ने ठाउँमा गएर मेलामा समाहित हुन्छन ।


अन्य दिनहरुमा भन्दा पुर्णिमा पर्ब देबताहरुको बिशेष आगमन हुने र मनले चिताएको पनि पुरा हुने जनबिश्वासका कारण आफ्नो र परिवारको भुत बर्तमान र भबिश्यको भाग्य रेखा देखाउन धामीझाक्रीको पासमा मानिसहरुको घुईचो लाग्ने गर्छ ।
डोल्पाको जुफाल गाउँमा बि.सं १५१५ भन्दा अगाडि देखि नै भदौ पुर्णिमा पर्ब मनाउदै आएको जुफालका जगदिप शाहीले बताए ।
शुरुमा मन्मा देबता प्रकट नहुदै जम्मा पाँच घरधुरी रहेकोमा मन्मा देबताको प्रकट पछि देबताको सत्यता रहेकाले अहिले २ सय ६५ धरधुरी देबताका छिमेकी पुगेको मन्मादेबताका पुजारी धामी शिद्दिमान बुढाले बताए ।
उमेरले ६७ बर्ष भएपनि आफुलाई २०३१ सालबाटै देबता शरिरमा चढ्ने गरेको र देबताको बास भएपछि गाउँमा कुनैपनि अप्रिय घटना नघटेको बुढाले बताए ।


डोल्पाको जुफालमा मनाइने यो पर्बमा जिल्ला भित्र र छिमेकी जिलला रुकुम जाजरकोट सल्यान र जुम्ला समेतका मानिसहरु मेला भर्न आउने गरेको पाइन्छ ।पुर्णिमाको दिनमा जिल्लाका सम्पुर्ण बिद्यालयहरु बन्द हुने गर्छन ।
दशै लगायत अन्य चाडपर्बमा घरका मुली मान्छे नआएपनि केहि हुदैन तर भदौ पुर्णिमा पर्बमा अनिवार्य रुपमा जुफाल गाउँका २ सय ६५ घरधुरीकै मुली मान्छे घरमा हुनु पर्ने वा जिल्ला बाहिर भएपनि आईपुग्नु पर्ने प्रचलन रहेकाले पनि सबै छिमेकीहरु दिदिबहिनीहरुको जमघट हुने भेटघाट हुने भएकाले मानवीय सदभाव राख्नमा समेत यो पर्बले सहयोग पुर्याउने गरेको जुफालका शुबर्णबहादुर शाहीले बताए।
भदौ पुर्णिमा पर्बमा मेला भर्न आएका मानिसहरुलाई मण्डव मन्दिर क्षेत्रमा जुफाल गाउँलेहरुले सेलरोटी पुरि तरकारी दहि दुध लगायत फलफुलले भोजन गराएर एकापसमा दुखसुखका भलाकुसारी समेत गर्ने गरिन्छ ।

Read more

Local News