9.5 C
Alba Iulia
Friday, May 7, 2021
No menu items!

डोल्पाकै पहिलो महिला डाक्टर बन्दाको अनुभव, डा. मेलिना हमाल ।

Must read

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

रूपक कलाल,काठमाडाैँ

मेलिना हमालको बाल्यकाल…..
दुर्गम हिमाली जिल्ला डोल्पाकै पहिलो महिला डाक्टर बन्न सफल मेलिना हमालको जन्म २०५० सालमा भएको हो । बुवा हेमराज हमाल र आमा कमला हमालकी जेठी सुपुत्री मेलिना पढाईमा बाल्यकालदेखि नै अब्बल हुनुहुन्थ्यो । बुवा हेमराजलाई उत्कृष्ट गुरु मान्ने हमालले बुवानै पाधनाध्यापक रहेकाे  स्थानीय श्री त्रिपुरा निम्न माध्यमिक विद्यालयबाट गर्नुभएको थियो । राम्राे पारिवारीक वातावरणका कारण हमालकाे  बाल्यकाल देखि नै मिहनेत र लगनशिताले  निरन्तरता पायाे ।

श्री जनप्रभा उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षामा विद्यालयकै उत्कृष्ट बन्न सफल हमालले उच्च शिक्षा भने ललितपुरको क्यास्पियन भ्याली कलेजबाट गर्नुभएको हो ।
कक्षा १२ उतिर्णपछि हमालले पाटन एकेडेमी एण्ड हेल्थ साइन्सको एमबीबीएस छात्रवृत्ति कोटामा नाम निकाल्न सफल हुनुभयो । यसरी उहाले डाक्टर बन्ने यात्राको शुरुवात गर्नुभयो । ६ वर्ष एमबीबीएस पढाई सफलतापूर्वक पुरा गरि हमाल हाल आफ्नै जिल्ला डोल्पाको जिल्ला अस्पतालमा डाक्टरको रुपमा नियुक्त हुनुभएको छ ।

जीवनका अनेकौँ अरोहअवरोहलाई पार गरेर सबैको प्रेणा बन्न सफल डाक्टर मेलिना हमालसँग त्रिपुरा सञ्चारका कार्यकारी सम्पादक रुपक कुलालले गर्नुभएको कुराकानी ।

६ वर्षे डाक्टरी पढालाई यसरी सम्झनु हुन्छ डा.मेलिना जी ?
पढाइको समय अवधि लामो थियो । बेलाबेला पढाइमा कठिनाइहरु पनि आउँथे । तर अहिले सम्झदा ती दिन र पलहरु रमाइला लाग्छन् । साथीभाइसँग हास्दै, खेल्दै हरेक दिन नयाँ कुरा सिक्दै वित्यो । तर, बेलाबेला आफु राष्ट्रको जिम्मेवार नागरिक बन्दै गरेकाे भान पनि हुन्थ्याे ।

मान्छेको जिमनमा सुख र दुख आइनै रहन्छ तपाइको जीवनको सबैभन्दा खुशी र दुखक्षण कुन हो ?
मेरो जीवनको सबैभन्दा खुशीको क्षण सम्झनु पर्दा एमबीबीएसको रिजल्ट आएपछि ममीबुवालाई सुनाउँदा निकै खुशी भएकी थिए । त्यो पल म कहिल्यै भुल्दिन त्यो पल निकै अविष्मरणनीय छ ।
जीवनकै दुखद पल सुनाउँदा डा.हमाल निकै भावुक हुनुभयो ।
मानिसको जीन्दगीमा सानो तिनो दुख पीडा त भई नै हाल्छ तर, दुखद क्षण भन्ने वित्तिकै मलाइ यति धेरै वर्ष मैले दुख र मेहेनत गरेर ममीबुवाको सपना पुरा गरे । पढाइ सकी घर फर्कनेबेलामा अकल्पनीय रुपमा मैले मेरो प्रेणाको सबैभन्दा ठुलो श्रोत मेरो बुवालाई गुमाए । मेरो जीवनको हरेक सफलता अनि मैले गर्ने हरेक राम्रो कामको श्रेय म बुवालाइ नै दिन्छु । म प्रार्थना गर्छु कि हरेक जन्म म उहाँकै सन्तान भएर जन्मुँ ।

तपाइको आगामी लक्ष्य र योजनाहरु केके छन् ?
अहिलेलाई म जिल्ला अस्पताल डोल्पामा २ वर्षको लागि नियुक्त भएर आएकी छु । यो अवधिमा मैले जानेको ज्ञान र सीपको भरपुर उपयोगगरी धेरै भन्दा धेरै जिल्लाबासीलाइ सेवा गर्ने कोशिस गर्नेछु । डोल्पामा रहुन्जेल यहाँका जनताको सेवा समर्पित हुन्छु ।


दुर्गम जिल्लामा जन्मेर डाक्टर बन्न कत्तिको गाह्रो महसुश गर्नुभयो ?
केही गाह्रो त पक्कै भयो । एमबीबीएस पढ्नलाई एलेभल वा प्लस टु साइन्समा बायोलोजी बढेको हुनुपर्छ । यी विषय बढ्न जिल्लामा कलेज छैनन् कि नेपालगञ्ज र काठमाडौँ जानपर्ने । नयाँ ठाउँ नयाँ परिवेश गाह्रो नै भन्नुपर्छ ।

तपाइजस्ता थुप्रै दुर्गम जिल्लामा डाक्टर बन्ने सपना बोकेका कलिला मुना छन् उनीहरुलाइ तपाइको सुझाब के छ ?
दुर्गम भन्दैमा सबैकुरा गाह्रो मात्रै भन्ने हुँदैन । सरकारले दुर्गम जिल्लाका विद्यार्थीका लागि भनेर छात्रवृत्ति कोटाको पनि ब्यवस्था गरेको छ । परिवारको राम्रोसाथ, पढाइ र परिश्रम निरन्तर गर्ने हो भने सफल बन्न सकिन्छ । दुर्गम जिल्लाका विद्यार्थीहरु डाक्टर, इन्जिनियरहरु बन्न सक्दैनन् भन्ने हुँदैन । सानैदेखि उदेश्य ठुलो हुनुपर्छ, परिश्रम पनि सोहीअनुसार गरेर निरन्तरता दिनु सफल बन्न सकिन्छ भन्न चाहन्छु ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक...

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका...

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी...

कोरोना खोपलाई बौद्धिक सम्पत्ति अधिकारमुक्त बनाउने प्रस्तावमा अमेरिकाको समर्थन

काठमाडौँ — विश्वभर कोरोना संक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण निर्णय गरेका छन् । राष्ट्रपति बाइडेनले बुधबार कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति...

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

  आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी  विश्वासको मत पाउन सकिनँ भने निर्वाचनमा जाने परिस्थिति आउन सक्छ । त्यतिबेला मिलेर जाऔँ । – केपी...