असोज १२, काठमाडौं – एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र बंगलादेश भिड्ने भएका छन् । अस्ती भएको खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । अहिले सम्म तिन पटक फाइनलमा पुगेको बंगलादेशले अहिले सम्म उपाधि भने उचाल्न सकेको छैन । फाइनलमा पुगेको बंगलादेशले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत यसअघि नै फाइनलमा पुगिसकेको छ ।।