Wednesday, October 23, 2024

अमेरिकाको एक पक्षीय नीतिप्रति नेपालको असहमति : प्रधानमन्त्री केपी ओली

Share

काठमाडौं – नेपालले अमेरिकाको एक पक्षीय नीतिप्रति असहमति जनाएको छ । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय सद्भाव हाल विश्वको आवश्यकता रहेको बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा बोल्दै उहाँले अन्तराष्ट्रिय कानुन प्रतिको पवित्रता कायम गर्नुपर्ने बताउनु भयो । विश्वस्तरका समस्या समाधानका लागी साझेदारी र सहयोगको नीति अपनाउनुपर्ने बताउदै उहाँले नेपालले मानवअधिकारको संरक्षण, सुरक्षा र समानताको सधैं वकालत गर्ने स्पष्ट पार्नुभयो ।

Read more

Local News