असोज १२, काठमाडौं – विश्व रेबिज विरुद्धको दिवस,आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । रेबिज उन्मूलनको विश्वव्यापी अभियानअन्तर्गत हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ । रेबिज भाइरस संक्रमित जन्तुको र्यालमा मात्र हुने भएकाले मानिसमा संक्रमण हुन उक्त जन्तुले र्याल शरीरमा छिर्ने गरी टोकेको हुनुपर्छ । विशेष गरी कुकुर र स्यालमा लाग्ने यो रोग ती जनावरले टोकेपछि मानिसमा सर्ने गर्छ । रेबिजको भाइरस दिमागमा पुगेपछि मृत्यु हुने भएकाले शंकास्पद जनवारले टोक्ने बित्तिकै खोप लगाउनु पर्छ । शंकास्पद जनावरले टोकेपछि तत्कालै साबुनपानीले धोए ८० प्रतिशत भाइरस हट्ने सम्भावना रहने चिकित्सकको भनाई छ । दिवसका अवसरमा यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज विवध कार्यक्रमको आयोजना गरेका छन् ।
शंकास्पद जनावरले टोकेपछि तत्कालै साबुनपानीले धोए ८० प्रतिशत भाइरस हट्ने सम्भावना
Share
Read more