Friday, January 24, 2025

बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु, ३२ घाइते

Share

असोज १३ , काठमाडौँ – नवलपरासीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त कावासोती –१६, मा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । नेपालगंजबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ५६ २९ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा बसका चालक बाँकेको कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

Read more

Local News