Sunday, October 27, 2024

गायक नवीन पौडेलले ल्याए “मुसु मुसु हास्यौ”

Share

काठमाडौ – पाल्पा जिल्लाको सस्कृती र सस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनियो सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन।

लुम्बिनी गण्डकीमा अत्यधिक प्रचलन मा रहेका यस्ता भाका हरु सन्कलन र श्रीजना गर्नु नवीनको पर्याय नै हो। मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर हो।

अहिले युट्युबमा निक्कै मन पराइएको यो गीत मा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ । लय सिर्जना स्वयम् नबिनले गरेका हुन भने शब्द श्रीजना बाबुराम पन्थी र धर्मराज पोखरेलले रचना गरेका हुन। मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियोको निर्देशन कुमार केसिले गरेका हुन।

यस गीतमा सुरेन्द्र र आरुसी मगरको बेजोड अभिनय हेर्न सकिन्छ । यथार्थपरक र समयसापेक्ष गीत श्रीजना गर्नमा नवीन अब्बल मानिन्छन । उनका सिर्जनाहरु समाजमा चेतना जगाउने खालका हुने गर्दछन ।

यस भन्दा अघि फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, बुलाकी झुम्काना, श्रीनगर बतासे डाडैमा, ए हजुर सुन्नुभाछ र, आजै भेट भाको उदयपुर आको म परेँ पाल्पाको लगायत का धेरै गीत हरु श्रोता दर्सकको मन मस्तिष्कमा बाँस गरिसकेका गीत हरु हुन।

स्टेज प्रस्तुतिमा दर्सक श्रोताले निक्कै नै रुचाएका गायज नवीन पौडेलका एक पछि अर्को गीत हरु सफल बन्दै गइरहेका छन। भिडियो बनाइसकेर तयार भएको देउडा गीत केही समय पछि सार्बजनिक गर्ने तरखरमा रहेका नवीन निक्कै ब्यस्त गायकमा पर्छन ।

भर्खरै युरोपको साङीतिक टुर सकेर फर्किएका नबिनको “मुसु मुसु हास्यौ”” बोलको गीतलाई पनि पहिलेका गितलेझै माया पाउने पौडेलको अपेक्षा छ ।

Read more

Local News