Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.

32,111FollowersFollow
32,214FollowersFollow
11,243FollowersFollow

News

Company:

Monday, May 19, 2025

डिएनए रिपोर्ट एसपी बिष्टलगायत तीनै जनाको मिलेन

Share

असोज १४, काठमाडौँ – साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ।

प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमूना नमिलेको हो।

स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’

उनीहरु तीन जनाको रिपोर्ट आएको नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।

‘रिपोर्ट आएको भन्ने खबर छ, त्यसमा के छ भन्ने कुरा यहाँ जानकारी हुँदैन, लाहा छाप लगाएर सिल गरेर कन्चनपुर पठाइएको छ,’ उनले भने।

कन्चनपुर प्रहरीले उक्त रिपोर्ट खोलेर हेर्ने पनि उनले जनाए।

स्थानीयको विरोधपछि प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र स्थानीय आयुस बिष्टको डिएनए परीक्षण गरेको थियो।

यसअघि मुख्यअभियुक्त भनी पक्राउ गरिएका दीलिपसिंह बिष्टको डिएनए पनि ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनलाई रिहा गरिएको थियो।

Read more

Local News