Sunday, January 19, 2025

अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता: अनिल र रोहित  अधिकतम मूल्यमा लक्की ड्र 

Share

असोज १४, काठमाडौं – पोखरा प्रिमियर लिग क्रिकेटका लगि खेलाडीको अक्सन भइरहेको छ ।

अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन्, त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । जारी अक्सनमा यू–१९ का दुई क्रिकेटरमाथि २ लाख ५० हजारको बोली लागेको छ ।

अनिलकुमार साहलाई चितवन राइनोज र रोहितकुमार पौडेललाई पोखरा पल्टनले २ लाख ५० मा किनेको छ । एक भन्दा बढी टिमले अधिकतम मूल्यमा दाबी गरेपछि लक्की ड्र गरिएको थियो ।

पीपीएलका आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले अक्सनमा राष्ट्रिय टिमबाट खेलेका खेलाडीहरुको प्रारम्भीक मूल्य ५० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँ राखेको छ । उमेर समूूहबाट खेलेकालाई ५० हजार देखि १ लाख ५० हजारमा खरिद गर्न सकिनेछ । अनक्याप्डमा खेलाडीको न्यूनतम मूल्य ३० हजारदेखि अधिकतम एक लाख रुपैयाँ तोकिएको छ

Read more

Local News