प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका उपराष्ट्रपति उपराष्ट्रपति एप्सी क्याम्बेल बार l
काठमाडौँ — संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपछि अमेरिकाबाट कोस्टारिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग छलफल गरेका छन्।
क्वेसाडाकै निमन्त्रणामा त्यहाँ पुगेका भनिएका प्रधानमन्त्री ओलीलाई सान होजेको हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गरेकी थिइन।
प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शकंरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी लगायत छन्।