Wednesday, October 23, 2024

सरकारद्वारा १६ हजार भन्दा बढी पोर्न साइट माथि बन्देज

Share

असोज १५ , काठमाडौं – सरकारले समाजमा यौनहिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरूको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजार भन्दा वढी यस्ता साइटमाथि बन्देज लगाएको छ ।

सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्ता साइट पूर्णरूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

मुलुकी अपराध ( संहिता ) ऐन, २०७२ को दफा १२१ लाई टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएको हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ । यौन हिंसाप्रति सरकार गम्भीर रहेको बताउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो– ‘यस्तो घटना न्यूनीकरणका लागि सबै पोर्न साइट बन्दै गर्दै छौं ।’

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयका अनुसार कानुनले बन्देज गरेकाले त्यस्ता सामग्रीमा नेपालीको पहुँच बन्द गरिएको छ । उहाँले पहिलो चरण अन्तर्गत यस्ता साइटको सहज पहुँचमा रोक लगाउने र दोस्रो चरणमा भीपीएन लगायतका प्रविधिबाट यस्तो साइट चलाउनेलाई निषेध गर्ने योजना रहेको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Read more

Local News