Friday, October 25, 2024

वालाजु क्षेत्रमा ७ घण्टा विद्युत कटौती

Share

असोज १५, काठमाडौं – सडक विस्तारमा सहयोग गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले सोमबार ( आज ) बालाजु क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि अपराह्न ३ बजेसम्म करीब सात घण्टा विद्युत कटौती गर्न लागिएको छ ।

वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म विस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।

प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउराली लगायत स्थानको समेत विद्युत अवरुद्ध हुनेछ ।

यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत कटौती गरिँदा जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ । वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलोपालो प्रणालीका आधारमा विद्युत लाइन काटिएको प्रमुख रेग्मीको भनाइ छ ।

Read more

Local News