Friday, October 25, 2024

८७ औँ मिनेटमा विजयी गोल गर्दै रेड कार्ड

Share

असोज १५, काठमाडौं – डच एरडिविजी फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रोबिन भान पर्सीले फेयीनोर्डका लागि विजयी गोल गरे र त्यसको केही मिनेटपछि रातो कार्र्ड खाँदै मैदानबाट बाहिरिए ।

लिग अन्तर्गत वितेस आर्नहेमसँगको खेलमा भान पर्सीले टिमका लागि ८७ औँ मिनेटमा विजयी गोल गरे । त्यसअघि ३२ औँ मिनेटमा वितेसका लागि बेरोले गोल गरेका थिए ।

फेयीनोर्डकमा लागि ४७ औँ मिनेटमा बोटेघिनले गोल गरेका थिए । ६३ औँ मिनेटमा ब्रुन्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वितेस १० खेलाडीमा सीमित भएको थियो ।

भान पर्सीले टिमका लागि विजयी गोल गरेको चार मिनेटपछि अर्थात इन्जुरी समयको पहिलो मिनेटमा रातो कार्ड पाएका हुन् । इन्जुरी समयको पाँचौँ मिनेटमा डोएखी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वितेस ९ खेलाडीमा सीमित भएको थियो ।

Read more

Local News