9.5 C
Alba Iulia
Sunday, October 25, 2020
No menu items!

महरा प्रकरणमा रोशनीको नयाँ खुलासा : उजुरी मेरो होइन,महराले दिए यस्तो बयान ।

Must read

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्।

‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य-तथ्य भएको दाबी गरेकी छन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’ उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छन्।

‘मानसिक अवस्था बिग्रिएर १०० मा फोन गरेछु !’
शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। ‘असोज १२ गते अकस्मात मेरो मानसिक अवस्था बिग्रन गई विक्षिप्त अवस्थामा प्रहरीको १०० मा फोन गरी प्रहरी बोलाएकी रहेछु। प्रहरी आइसकेपछि उहाँहरु अर्थात् प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भन्नुभयो’, शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’

जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धान गर्न आइतबार प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले प्रहरीलाई दिएको तीन दिनको म्याद शुक्रबार सकिएको थियो ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

शनिवार हालसम्मकै धेरै ५००८ जना संक्रमित भेटिए

काठमाडौं, २४ असोज । नेपालमा कोरोनाको संक्रमण झन्पछि झन उकालो लाग्ने थालेको छ । केही दिन अघिसम्म २ हजार वरिपरिका दरले बढ्ने संक्रमण शनिवार...

कोरोना भाइरसको प्रबाह नगरि जुफालमा लाग्ने भादपुर्णिमा मेला भब्यरुपमा सम्पन्न

भाद्र१७डोल्पा,डोल्पामा मनाइने स्थानीय चाडमध्यको बिशेष चाड भाद्रपुर्णिमा मेला कोरोना भाइरसको प्रबाह नगरि जुफालमा धुमधामका साथ मनाइएको छ।भाद्रपुर्णिमा मेलामा कोरोना भाइरसको प्रवाह नगरि दशौं हजारको...

वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगन्ज — नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२० हरपतगन्जका...

कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, २४ घन्टामा थप ८ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि...

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१...