Wednesday, October 23, 2024

दिनदहाडै काठमाडौंमा फेरि एक बालकको अपहरण

Share

असोज १७, काठमाडौं–  दिनदहाडै काठमाडौंको गोठाटारबाट एक बालकको अपहरण भएको छ । आज  दिउँसो साढे २ बजेको आसपासमा तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले  प्रारम्भिक जानकारी पाएको बताएको छ।

बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ। बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ।

बच्चाको नाम खुलेको छैन। यसअघि पेप्सीकोलामा बालक निसान खड्काको अपहरणपछि हत्या  भएको थियो।

Read more

Local News