काठमाडौं – विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ ।
दिनहुँजसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार (असोज १८ गते) अमेरीकी डलरले ११७ रुपैयाँ नाघेको छ । एक अमेरिकी डलर खरिद गर्न १ सय १७ रुपैयाँ ५ पैसा खर्च गर्नुपर्ने भएको छ । बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
देशमा धेरैजसो वस्तु तथा सेवा आयातित हुने भएकाले बढ्दो डलर मूल्यले दशैको मुखमा सर्वसाधारण महंगीको मारमा पर्ने भएका हुन् । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १ सय ३५ रुपैया ८२ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६४ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।