Thursday, October 24, 2024

कोनेपोखरी आगलागी घट्ना भवितव्य नभई हत्या भएको परिवारको दाबी

Share

असोज १८, काठमाडौं– मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरी भएको घट्ना नियोजित भएको पीडित परिवारले बताएका छन् ।

बिहीबार काठमाडौमा पीडित परिवारले पत्रकार सम्मेलन गर्दै आगलागीको घट्ना भवितव्य नभई हत्या भएको दाबी गरेका हुन् । घट्नाको अनुसन्धान राम्रोसँग नगरिएकै कारण आफुहरु अन्यायमा परेको पीडित परिवारको गुनासो छ ।

कार्यक्रममा मृतक गंगामाया राईकी छोरी इन्दिरा राईले प्रहरीले घट्नाको सूक्ष्म अनुसन्धान नगर्दा अपराधी खुलेआम घुमिरहेको बताइन् । राज्यले प्रभावकारी रुपमा आफ्नो पीडा नसुनेको बताउँदै उनले भनिन,‘घट्नाको बारेमा गलत जानकारी दिने मानिसमाथि अनुसन्धान नहुनु, प्रहरीलाई घरबाट भाग्ने ठाउँको अभावमा मरेको हुनसक्ने भ्रमपूर्ण जानकारी गराउनुजस्ता कारणले घटना नियोजित हो भन्ने बुझिन्छ ।’

आगलागीबाट ५६ वर्षीय चन्द्रकुमार राई, उनकी ८६ वर्षीया आमा गंगामाया, ४९ वर्षीया श्रीमती पार्वता र ४६ वर्षीया बहिनी बिष्णुकुमारीको मृत्यु भएको थियो । राति करिब २ बजेतिर भएको आगलागीमा उनीहरुसहित दुई तले काठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । मृतक गंगामाया राईका छोरा रामकुमार वान्तवाले नियोजित रुपमा केही व्यक्तिले चारै जनाको हत्या गरी घरमा आगो लगाएर आगलागिबाट मारिएको देखाउन खोजिएको बताए ।

२०७४ असोज ४ गते मध्य रातमा भएको आगलागी कनैपनि कोणबाट भईपरी नभएर नियोजित रुपबाटै आफ्नो परिवारको हत्या गरिएको उनीहरुले दाबी गरेका छन् ।

Read more

Local News