Thursday, October 24, 2024

सिन्धुलीको पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

Share

असोज १८, सिन्धुली– वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज काठमाडौँबाट सिन्धुली जार्दै गरेको बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी सप्तकोशी नगरपालिका का १८ वर्षका भोजबहादुर आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । मृतकका आफन्त आइपुगेपछि शव बुझाउने सिन्धुली अस्पतालले जनाएको छ ।

Read more

Local News