Sunday, October 27, 2024

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलर बराबर ११८ रुपैयाँ तोक्यो

Share

असोज १९, काठमाडौं – अमेरिकी डलर झन् झन् बलियो बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ०३ पैसा विक्रीदर तोकेको छ । यो हालसम्मकै उच्च हो । अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ भने कमजोर बन्दै गएको छ ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ । नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकारात्मक असर गर्ने गरेको छ ।

Read more

Local News