Sunday, October 27, 2024

बंगबन्धु गोल्डकपको साविक विजेता, नेपाली राष्ट्रिय टिम संकटमा

Share

बंगबन्धु गोल्डकप
समूह ए
नेपाल भर्सेस प्यालेस्टाइन
मिति– २०७५ असोज २० गते, शनिबार
सयम – साँझ ६:१५ बजे
स्थान – सिल्हेट डिस्ट्रिक रंगशाला, बंगलादेश

असोज १९, काठमाडौं– बंगबन्धु गोल्डकपको साविक विजेता नेपाली राष्ट्रिय टिम समूह चरणको अन्तिम खेलअघि संकटमा छ। गत मंगलबार भएको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबार प्यालेस्टाइनलाई हराउने पर्ने बाध्यता छ। त्यो पनि २–० गोल भन्दा बढीको अन्तरमा। त्यसैले नेपाली टिमका लागि बलियो प्रतिद्वन्द्वी प्यालेस्टाइन विरुद्धको खेल ‘गर या मर’ जस्तै छ।

शनिबार साँझ बंगलादेशको सिल्हेट सहरको सिल्हेट डिस्ट्रिक रंगशालामा प्यालेस्टाइन विरुद्ध मैदान उत्रदा नेपाली टिम मुख्य खेलाडी घाइते भएको हुँदा पिरलोमा छ। ताजकिस्तान विरुद्धको खेलमा नेपालका मुख्य डिफेन्डरहरु कप्तान विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी घाइते हुँदै मैदान छाडेका थिए।

विराज महर्जन खेलको २१ मिनेटमै मैदान छाड्न बाध्य भएका थिए। उनको स्थानमा सुमन अर्याललाई मैदान छिराइएको थियो।

दोस्रो हाफमा नेपालका अर्का डिफेन्डर आदित्य चौधरीलाई चोटले सतायो। उनले खेल्न नसक्ने स्थिति भएपछि देवेन्द्र तामाङ मैदान छिरे। नेपाली डिफेन्डर घाइते हुने क्रम यतिमै रोकिएन। ७१ मिनेटमा सेन्ट्रल डिफेन्डर अनन्त तामाङ घाइते भएर मैदान छाड्न बाध्य भएका थिए। यसपटक प्रशिक्षक बालगोपाल महर्जनले डिफेन्डर अनन्तको स्थानमा फरवार्ड भरत खवासलाई मैदान छिराएका थिए।

अब प्यालेस्टाइविरुद्धको खेलमा डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ र सुमन अर्याल विकल्प हुन सक्छन्। चार जनासँग विराज, अनन्त र आदित्य भन्दा कम अनुभव छ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जन चार दिन अघि घाइते भएका खेलाडी फिट हुनेमा आसावादी भएपनि पूर्ण विश्वस्त छैनन्। ‘हामीसँग रिकभरी हुने समय छ,’ महर्जन भन्छन्।

प्रशिक्षक महर्जन नेपाल रहेको समूह ‘ए’ कठिन भएको बताउँदै ताजकिस्तनविरुद्ध नेपालले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताएका थिए। ‘हाम्रा तीन जना डिफेन्डर घाइते भएका छन्। बलियो टिमविरुद्ध नेपालको प्रदर्शनबाट सन्तुष्ट नै छु,’ उनको भनाइ थियो, ‘ हामी साविक विजेता हौं। तर हामी समूह कठिन छौं। ताजकिस्तान भन्दा प्लालेस्टाइनविरुद्ध राम्रो खेल खेल्नेमा आसावादी छु।’

यसअघि प्यालेस्टाइनले बिहीबार भएको आफ्नो पहिलो खेलमा ताजिस्तानलाई २–० गोलले हराएको थियो। यो अवस्थामा नेपाललाई समेमिफाइनल पुग्न प्यालेस्टाइनलाई कम्तिमा २–० गोलले हराउनु पर्ने बाध्यता छ।

प्यालेस्टाइन प्रतियोगिताकै बलियो टिम हो। फिफा वरीयतामा नेपालभन्दा प्यालेस्टाइन ६० स्थान माथि छ। नेपाल १६०औं स्थानमा छ भने प्यालेस्टाइन सयौं स्थानमा छ। हाल प्यालेस्टाइनको टिममा रहेका खेलाडीहरु मोरक्को, चिली, माल्टा, स्लोभेनिया र स्विडेन जस्ता देशका लिग खेलिरहेका छन्। नेपाल भन्दा बलिया प्रतिस्पर्धीसँग खेलिरहेकाले पनि प्यालेस्टाइन टिमविरुद्ध नेपालालाई खेल्न सहज हुनेछैन।

नेपाल र प्यालेस्टाइनबीच पछिल्लोपटक सन् २०१२ को एएफसी च्यालेन्ज कपमा प्रतिस्पर्धा भएको थियो। दशरथ रंगशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो।

प्यालेस्टाइनसँग बराबरी खेले वा पराजित भए साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले प्यालेस्टाइनलाई २–० गोलले हराए समूहका तीन टिमकै समान अंक र गोलअन्तर हुनेछ। यो अवस्थामा फेयर प्ले वा टस गरेर अन्तिम चारमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

यता समूह ‘बी’ बाट फिलिपिन्स र आयोजक बंगलादेशले अन्तिम चारमा स्थान सुरक्षिण गरिसकेका छन्। दुवैले लाओसलाई पराजित गर्दै समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

नेपाली टिम

गोलकिपर- विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

डिफेन्डर– दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल

मिडफिल्डर– हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ र निराजन खड्का

फरवार्ड- भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र सुनिल बल

Read more

Local News