Sunday, October 27, 2024

फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गर्ने युवक पक्राउ

Share

असोज २०, धनुषा – अनैतिक सम्बन्ध राख्न नमान्दा फेसबुकमा महिलाको अश्लील फोटो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने २० वर्षीय दिवश कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीका अनुसार कामतले फेक आईडी बनाएर महिला साथी बनाएको र त्यसमध्येकी एक महिलालाई अनैतिक सम्बन्ध बनाउन दबाब दिँदै आएका थिए । महिलाले अनैतिक सम्बन्ध राख्न नमान्दा कामतले उनको अश्लील फोटो फेसबुकमा राखेका थिए ।

अनैतिक सम्बन्ध बनाउन नमाने फेसबुकमा सबैले देख्ने गरी अश्लील फोटो हालेको जाहेरीको आधारमा पक्राउ कामतलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ कामतविरुद्ध साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read more

Local News