Sunday, October 27, 2024

सन्दीपको शानदार बलिङ, लिए पाँच विकेट

Share

असोज २०, काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको दोस्रो खेलमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका छन्।

मलेसियाविरुद्धको खेलमा आफ्नो स्पेल पूरा गरेका सन्दीपले २० रन खर्चिएर ५ जना ब्याट्सम्यानलाई पभेलियन पठाएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दा १४ बलमा रन बनाउन सकेनन्।

२० मध्य १२ रन ३ चौकाबाट आएको थियो । सन्दीपले घातक बलिङ गर्दै सफिक सरिफलाई आउट गरे।

मलेसियाले लगातार विकेट गुमाउँदा पनि उनी क्रिजमा रहन सफल हुँदै अर्धसतक नकिज पुगेका थिए।

उनलाई सन्दीपले ४९ रनमा आउट गरे। यसैगरी सायद अजिज,सुहाम अल्गारथम, विरेनदीप र सेजरुल इन्द्रुसलाई आउट गरेका थिए।

Read more

Local News