9.5 C
Alba Iulia
Friday, March 29, 2024
No menu items!

वुहानबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

Must read

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ।

वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन्। उनीहरुलाई वुहान एयरपोर्टमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ। ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

शनिबार बिहान वुहानमा रहेका विद्यार्थीसँग कुरा गर्दा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाए चीन सरकारले नेपाल जान नदिने बताएका थिए। त्यसैले धेरै विद्यार्थी शरीरको तापक्रम बढ्ला कि भनेर डराएका थिए।

अन्य चारजना भने आफ्नो इच्छाले नेपाल नआएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना आफ्ना नागरिकलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्।

कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।

नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई प्रान्तमा रहेका नेपालीहरु शनिबार दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए। दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो। वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

यस वर्ष टोपी दिवसकाे नारा ‘नेपाली टोपी : नेपाली पहिचान’ तय

काठमाडौँ । विगत १० वर्षदेखि नेपाली टाेपी दिवस मनाउँदै आएकाे जागरुक युवा अभियान नेपालले यस वर्षकाे टाेपी दिवसकाे नारा तय गरेकाे छ । बुधबार...

भुकम्प प्रभावितलाई ठुलीभेरी नगरपालिका डोल्पाको ५ लाख सहयोग

डोल्पा, कार्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प बाट अति प्रभावितका लागि डोल्पाको ठुलीभेरी नगरपालिकाले नगद ५ लाख रुपैया सहित स्वास्थ्य...

सर्वोच्चले सरकारलाई सोध्यो रिगललाई आममाफी दिनुको कारण

काठमाडौं : सर्वोच्च अदालतले सरकारलाई रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सोधेको छ।  संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा अघि

काठमाडौं : मुलुकमा संघीयता सँगै गाउँगाउँमा सिंहदरबारका सेवालाई पनि पुर्‍याउन स्थानीय तह गठन भए। जनप्रतिनिधि चयन भए, नागरिकको सेवाका लागि। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा शाह विजयी

१६ असाेज । नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका...