Tuesday, October 22, 2024

माइक्रो बस र ट्रक जुध्दा घटनास्थलमै ६ जनाको मृत्यु १७ घाइते

Share

असोज २०, नेपालगन्ज – बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो। कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये ३ जना गम्भीर छन्।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए। मृतकको सनाखत हुन बाँकी छ।

Read more

Local News