असोज २१, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तनका कारण हिमालहरू पग्लदाँ नेपालको पर्यटनमा ठूलो असर परेको बताउनुभएको छ । वातवरण सम्मेलन–२०७५ को आज काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हिमताल पग्लिएर बाढी लगायतका समस्या देखा परेको बताउनुभयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन सबैको साझा विषय भएकाले बेलैमा सबैले सजग हुनुपर्नेमा जोड दिनुभयो । इन्धनको अत्याधिक प्रयोग र जनसंख्या वृद्धिसँगै बढेको प्रदूषणले समस्या निम्तिएकाले अब लेखाजोखा गर्ने बेला आएको उहाँले प्रष्ट पार्नुभयो । सोहि कार्यक्रममा वन तथा वातारवण मन्त्री शक्तिबहादुर बस्नतले जलवायु परिवर्तनका कारण मानव जातिमा परेको असर बारे समाधानका उपायहरू खोज्ने बेला आइसकेको बताए । सरकारले प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ । उक्त रकम हालसम्म करिब चार अर्ब संकलन भएको छ ।