Wednesday, October 23, 2024

आवश्यकताको आधारमा संविधान संशोधन गर्न सरकार तयार रहेको, नेम्वाङको प्रष्टिकरण

Share

असोज २१, काठमाडौं – पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधन आवश्यकताको आधारमा गर्न सरकार र राजनीतिक दलहरू तयार रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता नेम्वाङले साढे पाँच वर्ष लगाएर निर्माण गरिएको संविधानलाई देशका सबै शक्तिले स्वीकार गरेको बताउनुभयो । आज संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा नेम्वाङले गरेर निर्वाचनमा सहभागी भएको अवस्थामा अब नेपालको सबैभन्दा ठूलो शक्ति संविधान भएको नेम्वाङको जिकिर छ । नेम्वाङले भारतमा अझैपनि कतिपयले सयौँ संशोधन हुँदासम्म पनि संविधानलाई स्वीकार नगरेको अवस्थामा नेपालमा भने सबै समुदाय र राजनीतिक दलहरूले संविधान स्वीकार गर्नु संविधानको शक्ति र यसले व्यवस्था गरेका लोकतान्त्रिक पद्धति नै मूल रहेको उल्लेख गर्नुभयो ।

Read more

Local News